विश्व साक्षरता दिवसको अवसरमा रोटरी क्लबको विद्यार्थीलाई शैक्षिक सामाग्री

<span class='c1'>विश्व साक्षरता दिवसको अवसरमा रोटरी</span> <span class='c2'>क्लबको विद्यार्थीलाई शैक्षिक सामाग्री</span>

विराटनगर । आज सेक्टेम्बर ८ तारिख अर्थात ‘विश्व साक्षारता दिवस’ आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाईदै छ ।
यसैविच साक्षरता दिवसको अवसर पारेर रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पुस्ताकालयको पनि व्यावस्था गरेको छ ।

रोटरी क्लव अफ विराटनगर सेन्ट्रलले बिहीबार एक कार्यक्रमको आयोजना गरी विराटनगर ३ मा रहेको सहिद आधारभुत प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र लाईब्रेरीको व्यावस्था गरेको हो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुलाई आवश्यक पर्ने स्टेसनरी तथा खेलकुदका बिभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको लागी स्टोरी बुक्स, कपि , पेन्सिल, ईलेजर, ड्रोईङ्ग कपि र बच्चाहरुलाई खेल्नको लागी लागी फुटबल, भलिवल , लुडो लगायतका अन्य विविध सामाग्री हस्तान्तण गरिएको रिजालले बताउनुभयो । शैक्षिक सामाग्री ग्रहण गर्दै विद्यालयकी प्रध्यानध्यापक गीता सापकोटाले शैक्षिक र खेलकुदका सामाग्रीले गर्दा विद्यार्थीहरुलाई जीवन उपयोगी भएको बताउनुभयो । साथै उहाँले विद्यार्थीहरु पढ्नको लागी लाईब्रेरीको व्यावस्था गरिदिनाले गर्दा झनै उपयुक्त भएको प्रअ सापकोटाले क्लवलाई धन्यवाद प्रकट समेत गर्नुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी पुर्वअध्यक्ष श्रृती शर्मा, श्रृजना रिजाल, डाईरेक्टर अनिता देव ,तथा दन्त रोग विशेषज्ञ डा मीरा आचार्यको समेत उपस्थित रहेको थियो । कार्यक्रममा डाक्टर आचार्यले साना बालबालिकाहरुलाई दात तथा मुख सफा गर्नुपर्ने ज्ञानवद्धक कुराहरुको परामर्श दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्