विराटनगर विमानस्थल पुग्नै सकस, साँझपछि आउने यात्रु सडकको पार्किङले अलमलिन्छन्

<span class='c1'>विराटनगर विमानस्थल पुग्नै सकस, साँझपछि</span> <span class='c2'>आउने यात्रु सडकको पार्किङले अलमलिन्छन्</span>

विराटनगर । विराटनगर विमानस्थलको पहुँच पुग्ने एयरपोर्ट रोडको दायाँबायाँ मापदण्ड बिनाका होटल खुल्दा सेवाग्राहीको सवारीले सडक जाम हुन थालेको छ । एयरपोर्ट पुग्ने यात्रुलाई असहज हुने गरि होटलमा पुगेका सेवाग्राहीले सडकलाई पार्किङ्गस्थल बनाउँदा अस्तव्यस्त हुन थालेको हो ।

पछिल्लो तीनवर्षको अवधीमा एयरपोर्ट रोडमा ठूला, मध्यम र साना गरेर ३५ वटा होटल खुलिसकेका छन् । साँझपरेपछि होटलमा सेवा लिन पुग्ने सेवाग्राहीका सवराी पार्किङ गर्ने स्थान भने छैन । होटलका सञ्चालकले सेवाग्राही आएर सडकमा पार्किङ गर्ने बुझाई राखेका कारण विमानस्थल नजिकैसम्म साँझ परेपछि सवारीको जाम लाग्न थालेको छ ।

त्यहाँ खुलेकामध्ये ठूलोस्तरको होटल एशियाटीकले पार्किङ सुविधा दिइएको छ । त्यहि पनि प्रशस्त पार्किङस्थल छैन । त्यस बाहेक तृष्णा रेष्टुरेन्टले पार्किङ सुविधा दिएको छ । तर, तृष्णाको भीड थेग्ने पार्किङ भने छैन । स्वादिस्ट परिकार पाईने एयरपोर्ट रोडका होटलमा पुग्नेको संख्या ठूलो हुन्छ । तर, सवारी लिएर पुग्नेहरुको पार्किङ सुविधा भने छैन ।

होटल एशियाटीकका सञ्चालक पुण्य भट्टराईले होटलहरुको हव बनेपछि पार्किङस्थलको अभाव हुँदै गएको बताएका छन् । उनले त्यस क्षेत्रका होटल व्यवसायी सम्मिलित भएर एउटा पार्किङस्थलको व्यवस्थापन गर्ने विषयमा छलफल सुरु भएको जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र कार्कीले विमानस्थलमा आउजाउमा कुनै अवरोध हुनसक्ने गरि व्यवसाय सञ्चालन गर्न नपाईने भएकोले सडकमा पार्किङ गरेको अवस्था फेला परेको गाडी लक गरेर होटलका सञ्चालकलाई कारवाही थालिने दावी गरेका छन् । विमानस्थल जाने र आउनेहरुका लागि असहज हुने गरि सडकमा गरिएका पार्किङ हटाउन होटल व्यवसायीले नै पहल लिनुपर्ने प्रमुख कार्कीको बुझाई छ । हामी दैनिक पार्किङ खाली गराउने छैनौ, प्रहरी निरीक्षक कार्कीले भने–त्यो एरिया पार्किङ निषेधित घोषणा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्