विराटनगर । सेप्टेम्बर ८ तारिख अर्थात ‘विश्व साक्षारता दिवस’ का दिन विभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाईएको छ ।
बुढीगंगा-१ स्थित हरित तारा एकेडेमीले ५६ औं विश्व साक्षरता दिवस भव्यताका साथ मनाएको छ ।
साक्षरता दिवस अवसरमा हरित ताराले एक र्र्याली निकालेको थियो ।
उक्त र्र्याली स्कुलबाट सुरु भएर पुष्पलाल चौक मानगढ, विराटनगर-३ हुँदै तालिम केन्द्र हुदै पुन: स्कुल प्रागणमा पुर्याएर र्र्याली समापन गरिएको थियो।
