त्यसपछि जीम व्यवसायी बने विराटनगरका सन्जय

त्यसपछि जीम व्यवसायी बने विराटनगरका सन्जय

विराटनगर । दुबईको इमिरेटस् एयरलायन्समा अप्रेशन को–अर्डिनेटर भएर साढे छ वर्ष काम गरेका विराटनगर–४ निवासी ३९ वर्षीय सन्जय साह अहिले विराटनगरमा आफ्नै पेसामा तल्लिन छन् । स्नातक गरेका उनी २०७६ असोजसम्म दुबईमा रोजगारी गर्थे । मासिक चारलाख कमाउँथे । त्यहिं कमाएको पैसाले उनले विराटनगरमा आफ्नो दैनिकी बिताउने घर बनाए । त्यस बाहेक आफ्नो भाई बिजयलाई विराटनगर–४ मा सजिलो फिटनेस एण्ड जीम क्लव खोलिदिए ।

राम्रै चलिरहेको थियो । बुबा–आमासँगै बसेका भाई विजयको २०७६ असोज १० गते दुर्घटनामा मृत्युभयो ! उनी फर्कने दिन नजिक आईरहेको थियो । दुर्भाग्य ! उनले भाईसँग कुनै अनुभव बाँड्न भने पाएनन् ।
पचास लाख लगानी गरेर सुरु गरेको जीम व्यवसाय भाई विजयको मृत्युसँगै ओझेलमा पर्दै गयो । सन्जय दुबई फर्कन सकेनन् । भन्छन्–आमा–बुबा, श्रीमती र छोराछोरीको जिम्मेवारी मैले धान्नु थियो । वियोगले सिर्जना गरेको मानसिक तनावलाई अभिभाकत्वको जिम्मेवारीबाट पन्छाउनु थियो । त्यहि भएर भाईले सम्हाल्लेको जीमलाई मैले सञ्चालन गर्नुपर्ने अभिभारा सम्झें ।

उनले भाईबाटै प्रेरणा पाएर जीम सिक्न थालेका थिए । दुबई बसाईका क्रममा पनि त्यसलाई निरन्तरता दिईरहे । जसको जगमा टेकेर उनले सजिलो फिटनेस एण्ड जीममा लगानी बढाउँदै लगे । दुई करोडको लगानी पु¥याएका उनले अहिले दैनिक तीनसय सदस्यलाई जीममा जोडेका छन् । जसले उनको दुबईको रोजगारीलाई समेत आफ्नै माटोमा उब्जाएको छ ।

विराटनगरमा धेरै जीम छन् । तर, सन्जयले जीमलाई मानिसको जीवनपद्धतीसँग जोड्ने सपना देखेका छन् । जीम भन्ने बितिकैको बुझाईलाई चिर्न हप्तामा दुई दिन कार्डियो र वेट ट्रेडिङ्गमा सामेल गराउँछन् । उनको ट्रेड मिल मात्रै छ वटा रहेका छन् । बाँकी एउटा जीम क्लव भित्र आवश्यक पर्ने पूर्ण सामाग्री उनीसँग छ । उनी भन्छन्–कोरोना कालपछि जीम क्लव सचेतना त्यसै पनि बढेको छ, जसले धेरैलाई शारिरीक व्यायाम गर्नुपर्छ भन्ने चेतना दिलाएको छ ।

सामाजिक कार्यमा उतिकै सक्रिय सन्जय स्वरोजगार त छन्, त्यस बाहेक उनले पाँच जनालाई रोजगारी पनि दिएका छन् । तर, जीम प्रशिक्षकको रुपमा उनी आफैं खट्छन् र आफ्ना सदस्यलाई परिवारिक वातावरण दिलाउन हरपल प्रयास गर्दछन् । उनी भन्छन्–शारिरीक व्यायामलाई दैनिक जीवन व्यवहारसँग घरको एकजनाले मात्रै जोडे अन्यको पनि दैनिकी र खानपीनमा सकारात्मक प्रभाव पर्दछ । जीमले मानिसकको दैनिकीलाई परिवर्तन गर्नुपर्ने उनको बुझाई छ । मानसिक तनावबाट मुक्त हुने, सामाजिकीकरणमा सहयोग पु¥याउने, व्यक्तित्व विकासमा टेवा दिने यसको मुख्य लक्ष्य हुनुपर्ने साहको भनाई छ ।

उनीसँग अहिले १५ वर्षदेखि ६५ वर्ष उमेरसम्मका सदस्यले तालिम लिईरहेका छन् । सेवाग्राही बनेर आउने सदस्यको संख्या बढेसँगै उनले थप ३० लाख लगानी बढाउन लागेको जानकारी दिएका छन् । गतवर्ष समेत उनले ३० लाख रुपैँया लगानी गरेका थिए । आफ्नै सदस्यले विराटनगरमा जीम व्यवसाय सुरु गरेका छन् । जसले उनलाई खुशी मिलेको छ तर उनी आफैं सजिलोको शाखा विस्तार गर्ने मनस्थितिमा भने छैनन् ।

जीम व्यवसाय गर्नु नपरेको भए उनी रिसोर्ट खोल्ने ध्याउन्नमा थिए । तर, त्यो उनको ईच्छा उपायको रुपमा सफल हुन सकेको छैन । उनको विचारमा हरेक व्यक्तिका लागि ३६५ दिन नै शारिरीक व्यायामको जरुरत पर्दछ । जाडो या गर्मीको सिजन पर्खेर बस्नु शहरिया जीवनशैलीलाई फाइदाजनक छैन । लागुऔषध दुव्र्यसनमा लागेकाहरुले समेत जीम जोइन्ट गरे उनको दैनिकीलाई परिवर्तन गर्नसक्ने साहको दावी छ ।

अहिले कक्षा १२ पास गरेर बसेका विद्यार्थीलाई शतप्रतिशत छुटमा भर्ना लिने अफर राखिएको छ । गत तीजमा महिलाहरुलाई यो अवसर दिइएको थियो । आगामी दशैं, तिहार र छैठका लागि विशेष प्याकेज ल्याउने तयारी भईरहेको साहले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्