विराटनगर ११ पिचराबाट रातको समयमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ

विराटनगर ११ पिचराबाट रातको समयमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ

विराटनगर । रातको समयमा विराटनगरमा सट्टेबाजी खेल्ने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ११ बाट मोरङ प्रहरीले खट्टेबाजी खेल्ने चार जनालाई शुक्रबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका ११ पिचराका ४२ वर्षीय राजेश ठाकुर, सोही ठाउँका २८वर्षीय रवि सहनी, ३४वर्षीय नारायण श्रेष्ठ, २३ वर्षीय अजय सहनी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपकश्रेष्ठले जानकारी दिए । पक्राउ परेका आरोपीहरूले एसीया कप क्रिकेट खेलमा सट्टेबाजीगरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट खेलमा प्रयोग गरिएको ४ थान मोवाइल र १८ हजार ५ सय रूपैया नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्