लर्डबुद्ध कलेजमा नयाँलाई स्वागत र १२ पास हुनेलाई विदाई

लर्डबुद्ध कलेजमा नयाँलाई स्वागत र १२ पास हुनेलाई विदाई

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ भने १२ पास भएका विद्यार्थीको विदाई गरेको छ ।

कलेजले शनिबार कलेज प्राङगणमा आयोजना गरेको वेलकम तथा फेरवेल प्रोगामको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विदाई गरेको हो ।
कार्याक्रममा विद्यार्थीहरुलाई प्रमुख अतिथी युनिभर्सल लर्डबुद्ध एकेडेमी विराटनगर प्रालीका अध्यक्ष विरेन्द्र कुमार विष्ट ,कार्यकारी निर्देशक अनिशा विष्ट र निर्देशक राजेश भट्टराईले खदा , माला र टिका लगाएर स्वागत तथा विदाई गर्नुभएको थियो ।


कार्यक्रममा युनिभर्सल लर्डबुद्ध एकेडेमी विराटनगर प्रालीका निर्देशक राजेस भट्टराईले विद्यार्थीलाई पढाईका अलवा व्यावहारिक ज्ञान प्रदान गर्दै एक असल नागरिक बनाउने दायित्व कलेजले बोकेको बताउनुभयो । विद्यार्थीलाई पढाई मात्रै हैन व्यक्तित्व विकास र प्रविधी मैत्री पठनपाठनमा पनि जोड दिएको निर्देशक भट्टराईले कार्यक्रममा बताउनुभयो । विद्यार्थीलाई दक्ष अनुभवी शिक्षकहरुद्धारा ई आइ एमएस प्रविधीबाट पठनपाठन गर्ने गरेको उहाले बताउनुभयो ।
यसैपटक कलेजमा कक्षा ११ मा ३ सय भन्दा बढीले भर्ना गरेका थिए भने साढे तिन विद्यार्थीको विदाई गरेको गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, गायन, स्पिच लगायतका प्रस्तुतीहरु प्रदान गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अतिथीहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्