सबैले देश बनाउने संकल्प गर्नुपर्छ : अध्यक्ष ओली

<span class='c1'>सबैले देश बनाउने संकल्प</span> <span class='c2'>गर्नुपर्छ : अध्यक्ष ओली</span>

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामुहिक संकल्प गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डो¥याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गर्नुभयो । उहाँले समाजलाई परिवर्तन गरी गतिशील बनाउन वुद्धिजीवीको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न वुद्धिको ज्योति देखाउनुपर्नेमा जोड दिनुभयो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशलाई सही बाटोतर्फ डो¥याउने पार्टीलाई सचेत तथा सजग बनाइ आमनेपाली जनताका मतदानबाठ हाम्रो पार्टीले सरकार निर्माण गराउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश संयोजक इन्छापूर्ण राई र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले गरिबीको अन्त्य, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्ने पार्टीलाई विजयी गराउनुपर्ने विचार राख्नुभयो । अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्