रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
क्लबको आयोजनामा बेकरी वर्कशप आयोजना गरिएको थियो । नमस्कार होटेल म्यानेजमेन्ट स्कुलको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बिभिन्न बकरीको तालिम दिईएको थियो । सेफ सन्दिप खत्रीले बिभिन्न युवाहरुलाई उक्त तालिम दिएका थिए ।
यस्तै क्लबले आदर्श बालबालीका बिद्यालयमा बिद्यार्थीहरुलाई बिभिन्न कपि,किताब साथै स्टेसनरी सामानहरु वितरण गरिएको क्लबकि प्रेसिडेन्ट स्वेता तोदीले जानकारी दिईन । उक्त कार्यक्रममा ३ सय बढी बिद्यार्थीहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको थियो ।