विराटनगरको पोखरीया कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट

विराटनगरको पोखरीया कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट

विराटनगर । विद्यालय कार्यसम्पादनमा विराटनगर–३ स्थित पोखरीया मा.वि.मोरङकै उत्कृष्ट भएको छ । शैक्षिक परीक्षण केन्द्रको २०७९ प्रतिवेदन अनुसार कार्यसम्पादन प्राप्ताङकका आधारमा पोखरीया उत्कृष्ट देखिएको हो ।

भाद्र २३ गते शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका ४ हजार ८६७ विद्यालयको कार्यसम्पादन परीक्षण प्रतिवेदन सार्वजानिक गरेका थिए । त्यसमा पोखरीया मा.वि.ले ८५.८५ प्रतिशत अंक प्राप्त गरेको छ ।

पोखरीया मा.वि.का प्राचार्य खेमराज भट्टराईले देशभरका उत्कृष्ट विद्यालयमा परेको बताउनुभयो । मोरङमा पोखरीयापछि टंकीसिनवारीको नरग्राम दोस्रो, आदर्श मा.वि. तेस्रो छन् । यसैगरी सरस्वती मा.वि. झोराहाट, साजिलाल मा.वि. सुन्दरपुर, शान्ति भगवती मा.वि.लेटाङ, शिक्षा विकास मा.वि. लेटाङ, बुद्ध मा.वि. केराबारी, लक्ष्मी मा.वि. लेटाङ, भोगटेनी मा.वि.लेटाङ, सत्यनारायण मा.वि. विराटनगरसहित छन् ।

विद्यालयको शिक्षण तथा पूर्वाधार, विद्यार्थी संख्या, छात्रा–छात्र, व्यवस्थापन, वार्षीक नतिजा स्थितिलगायतका सूचकका आधारमा मूल्यांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्