विराटनगर । लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका फेला परेका छन् ।
सम्पर्कविहीन भएका तीन बालिका विराटनगर १४ स्थित जतुवामा फेला परेका हुन् । जतुवामा फेला परेको प्रहरीले सुचना प्राप्त गरेपछी प्रहरी घटना स्थल तर्फ जादै गरेको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई बेपत्ता भएका थिए । उ
नीहरु तीनै जना स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छन् ।