विराटनगरको विकासका विषयमा निफ्रा बैंकका सिइओ र मेयर कोइराला बीच छ्लफल

<span class='c1'>विराटनगरको विकासका विषयमा निफ्रा बैंकका सिइओ</span> <span class='c2'>र मेयर कोइराला बीच छ्लफल</span>

विराटनगर । निफ्रा बैंकका सिइओसहितको टाेली र महानगरका मेयर नागेश कोइराला बीच छ्लफल भएको छ ।

विराटनगरको विकासका विषयमा निफ्रा बैंकका सिइओसहितको टाेली र विराटनगर महानगरका मेयर नागेश कोइरालाबीच आइतबार छ्लफल भएको हो ।

छलफलमा निफ्राले नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराट राजाको दरबारलाई लुम्बिनी मोर्डलमा विकास गर्नका लागि लगानी गर्न तयार रहेको निफ्राका सिइओ रामकृष्ण खतिवडाले बताए ।

महानगरका मेयर कोइरालाले बसपार्कका लागि जग्गाको उपलब्धतासहित सबै किसिमको समन्वय र सहयोग गर्ने बताए । उनले महानगरको आन्तरिक स्रोतले मात्रै विराटनगरको विकास असम्भव रहेकाले आफूले स्वदेशी र विदेशी विकास साझेदार संस्थाबाट बढीभन्दा बढी लगानी भित्र्याउन पहल गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्