विराटनगरका युवा व्यावसायी प्रसाईद्धारा आश्रममा खाद्यन्न सामाग्री वितरण

विराटनगरका युवा व्यावसायी प्रसाईद्धारा आश्रममा खाद्यन्न सामाग्री वितरण

विराटनगर । विराटनगरका युवा व्यावसायी सुमन प्रसाईले विराटनगर १० मा रहेको मानवसेवा आश्रमलाई खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।

प्रसाईले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई ३५ हजार मुल्य बराबरको खाद्यन्न तथा फलफुल सहयोग गरेका हुन् ।  हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा मनाईने जन्मदिन पार्टीको खर्च प्रसाईले परिवार विहीन भएर आश्रममा बसेका वृद्धाआमाहरुको लागी दैनिकी आवश्यक पर्ने खाद्यन्न सामाग्री उनले आश्रमलाई प्रदान गरेका हुन् ।


सामाजिक कार्यमा समेत सक्रिय रहेका व्यवसायी प्रसाईँको जन्मदिन आईतबार परेको छ । उनले मानव सेवा आश्रममा पुगेर खाद्यान्न, फलफूल लगायत ३५ हजार मूल्य बरावरको सामाग्री वितरण गरेका हुन् । आश्रममा रहेका बालबालिका र ज्येष्ठ नागरिकहरूलाई फलफूल र भोजन पनि गराए । उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन् । मानव सेवा आश्रमले सडकमा जीवन बिताउँदै आई रहेका मानिसहरूलाई सेवा पु¥याउँदै आइरहेको छ ।


उक्त आश्रमले अर्ध चेत अवस्थाका आमाबुवा हेरचाह गर्दे आएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी गरिनुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको उनले बताए । युवा व्यवसायी प्रसाईँको विराटनगरमा सितराम फुड्स एन्ड प्याकेजिङ्ग उद्योग रहेको छ । उनले यसअघि पनि बाढीपीडितहरूलाई सहयोग गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्