विराटनगर । विराटनगर–६ बाट अवैध घरेलु मदिरा बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले घरमा छापा हानेर आइतबार बिहान १२० लिटर मदिरा बरामद गरेको हो ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलिले एक हजार ६०० लिटर कच्चा पदार्थ र ३२ वटा भाँडा समेत नियन्त्रणमा लिएको छ ।
यसैगरी मदिरा बनाउने शुक्रबार राईलाई समेत नियन्त्रणमा लिएर कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन्।