गोग्राहा बचत तथा ऋण सहकारीको १२औं वार्षिक साधारण सभा सम्पन्न

<span class='c1'>गोग्राहा बचत तथा ऋण सहकारीको</span> <span class='c2'>१२औं वार्षिक साधारण सभा सम्पन्न</span>

विराटनगर । गोग्राहा बचत तथा ऋण सहकारी संस्था लि.विराटनगरको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीको १२औं वार्षिक साधारण सभा विराटनगर कञ्चनवारी स्थित शुभ पार्टी प्यालेसमा सभ्य र भव्य रुपमा सम्पन्न भएको हो ।

साधारण सभाबाट अबको ४ वर्षको लागि नयाँ कार्य समिती चयन गरेको छ । जसमा अध्यक्षमा मनोज कुमार बस्नेत,उपाध्यक्षमा हिरा निरौला,सचिवमा अञ्जना श्रेष्ठ,कोषाध्यक्षमा संजिव कुमार अधिकारी र सदस्यहरुमा क्रमश:वेणु पौडेल,वम प्रसाद आचार्य,नरेन्द्र भट्टराई,विजेन्द्र कर्ण,कृष्ण गौतम सर्वसम्मतबाट चयन भएका छन् । २ जना महिला सदस्यहरुमा भने चुनावी प्रकृयाबाट कल्पना घिमिरे र उमा घिमिरे प्रजातान्त्रिक ढंगबाट निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समितिमा संयोजक सोमराज पौडेल,सदस्यमा राजकुमार दास र प्रदिप न्यौपाने सर्वसम्मतबाट चयन भएका छन् । भने ऋण उप समिति सदस्यहरुमा समिर निरौला र विनोद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्