विद्यालय नाटक महोत्सव :आइतबार चोर मञ्चन, सोमबार भविष्य निर्माण

विद्यालय नाटक महोत्सव :आइतबार चोर मञ्चन, सोमबार भविष्य निर्माण

विराटनगर ।विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमारञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले परिकल्पना तथा निर्देशन गरेको नाटकमा चरम गरिबीको चपेटामा परेको, अभावहरुको भारले भुँइ भन्दा माथि आउन नसकेको बखतबहादुरको परिवारको मनोविज्ञान चित्रण गरिएको थियो । नाटकमा पृथक खड्का, आर्या पनेरु, निर्जल कटुवाल, अंकुश थापा, अश्विन जिमी, मनिष राई, सुकृति खड्का, सोयस्ना श्रेष्ठ, अमन बस्नेत, प्रखर न्यौपाने, आशिष राई, सुलभ अधिकारी र सन्देश प्रधानले अभिनय गरेका थिए । भदौ ३१ गतेसम्म चल्ने नाट्य महोत्सवमा अब सोमबार सुम्निमा इङ्गिलस स्कूलले भविष्य निर्माण नामकोक नाटक मञ्चन गर्नेछ ।

भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोही निक बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ ।दैनिक अपराह्न ४ बजे फरक फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा
गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्