विराटनगरमा दोस्रो ‘विराट राजवंशी महोत्सव’ हुने

विराटनगरमा दोस्रो ‘विराट राजवंशी महोत्सव’ हुने

विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो ‘विराट राजवंशी महोत्सव २०७९’ हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देसिख २१ गतेसम्म महोत्सव हुने भएको हो ।


आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दोस्रो विराट राजवंशी महोत्सवको तयारी सुरू गरिएको जानकारी गराएको छ । विराट राजवंशी सामुदायका भाषा, संस्कृति तथा मौलिक संस्कृतिको संरक्षण गरिनु उद्देश्यले महोत्सवको गरिने तयारी गरिएको विराट राजवंशी प्रगतिशील विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले जानकारी दिए । महोत्सवमा राजवंशी सामुदायका मौलिक खापानको परिकारहरू, भेष भुषा, संस्कृति पहिरनको साथै बालवालिका तथा युवाहरूको लागि मनोञ्जन कार्यक्रमको पनि स्टल रहने भएको छ । ११ दिनसम्म संचालन हुने महोत्सवमा ६० वटा स्टल रहनेछ ।

करिब ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य रहेको छ । महोत्सवमा सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
महोत्सवलाई थप आकर्षण बनाउन राष्ट्रिय स्तरका कलाकारदेखि स्थानीय कलाकारहरूको पनि दैनिक प्रस्तुती रहने विराट राजवशी प्रगतिशील विकास समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्