प्रदेश १ मा ३२० जनालाई डेंगु पोजेटिभ, पहाडी जिल्ला तेह्रथुम बढी प्रभावित

प्रदेश १ मा ३२० जनालाई डेंगु पोजेटिभ, पहाडी जिल्ला तेह्रथुम बढी प्रभावित

विराटनगर । प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार अहिलेसम्म पहाडका जिल्लामा यसको प्रभाव बढी देखिएको हो ।

तथ्यांक अनुसार सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जना, संखुवासभामा ६६ जनामा देखिएको छ । यसैगरी झापा र भोजपुरमा २४÷२४ जना, मोरङमा १९ जना, ताप्लेजुङ १६, धनकुटा १८, पाँचथर र सोलु ३÷३ जना, उदयपुर ९ जना र सुनसरीमा २८ जनामा पोजेटिभ केस भेटिएको छ ।

डेंगुको संक्रमण तराईमा भन्दा पहाडमा धेरै फैलिएका कारण त्यसको नियन्त्रणका उपाय बारे छलफल भईरहेको छ । स्वास्थ्य निर्देशानालयका निर्देशक बस्नेतका अनुसार यो नियन्त्रणका लागि लामखुट्टेबाट जोगिनु पर्ने हुन्छ । रोग नभएपनि लामखुट्टेको टोकाईबाट सर्ने र फैलने गरेका कारण सचेत हुनुपर्ने बताइएको छ ।

एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण मानिन्छ । गर्मी र वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय धेरै हुन्छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाईबाट सुरक्षित हुनुपर्ने हुन्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । कुवा, इनार, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानीमा यस्तो लामखुट्टे हुर्कने सक्छ । त्यसैले यस्तो पानी जम्ने स्थान भए पुर्नु पर्दछ ।

डेंगुको संक्रमणबाट नागरिकलाई सुरक्षित गर्न विराटनगर महानगरपालिकाले विभिन्न चरणका छलफल गरेको छ । हाल महानगरमा ७ जना बिरामी डेंगु पोजेटिभ देखिएका छन् । केहिको उपचार पनि डिस्चार्ज भईसकेको महानगर शहरी स्वास्थ्य शाखाका प्रमुख डा.बिशालकुमार देवले जानकारी दिएका छन् । विराटनगरमा स्प्रेका लागि वडास्तरबाट काम हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्