विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ ।
विराटनगरमा आज(मंगलबार) क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी दिए ।
प्रतियोगितामा पोखरिया मावि, ग्रिनल्याण्ड कलेज, महेन्द्र मेमोरियल स्कुल–दुहवी, सत्यनारायण मावि, दिल्ली पब्लिक स्कुल, अर्किड कलेज (ए), अर्किड कलेज (बी), अरनिको कलेज, मेरिल्याण्ड कलेज, कान्तिपुर कलेज, शिक्षादीप कलेज र विकेभिएम स्कुलबीच प्रतिस्पर्धा हुनेछ । सहभागी १२ कलेजमध्ये फाइनल राउण्डमा ४ वटा कजेलबीच प्रतिस्पर्धा हुन्छ ।
प्रतियोगिताको विजेताले १६ हजार १ सय, उपविजेताले ११ हजार १ सय, तृतीयले ५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ह्याम्पर प्राप्त गर्ने छन् ।