विराटनगर । विराटनगरका चिकित्सकसँग धम्क्याएर पैसा असुल्ने धन्दा चलाएको आरोपमा एकजना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले विराटनगर-३ का २५ वर्षीय विजय दाहाललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।
नेपाल चिकित्सक संघले प्रहरीमा निवेदक दिएपछि त्यसका आधारमा उनलाई पक्राउ गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनी विरुद्ध अपराधिक लाभमा म्याद थप गरि अनुसन्धान गरिने छ ।
उनले एकजना चिकित्सकसँग रकम असुल गरिसकेको र थप विवरण आउन बाँकी छ ।