केन्द्र र तालिका परिवर्तन गरिएपछि पीयू परीक्षा कन्ट्रोलर कार्यकक्षमा थुनिए

केन्द्र र तालिका परिवर्तन गरिएपछि पीयू परीक्षा कन्ट्रोलर कार्यकक्षमा थुनिए

विराटनगर । रातारात परीक्षा केन्द्र परिवर्तन गरेको भन्दै इष्टर्न इन्जिनियरिङका विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलरसहित कर्मचारीलाई दुई घण्टा कार्यकक्षमा थुनिदिएका छन् । मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म कन्ट्रोलर अजय साहलाई विद्यार्थीले बाहिरबाट ढोका लगाएर थुनेका हुन् । परीक्षा केन्द्र परिवर्तन गरेको विषयमा बुझ्न गएका विद्यार्थीलाई वेवास्ता गरेपछि उनीहरुले थुनिदिएका हुन् ।

कन्ट्रोलर थुनिएपछि स्थानीय प्रशासनसँग गुहार मागेका थिए । त्यसपछि प्रशासनले ढोका खोलेपछि विद्यार्थीसँग छलफल राखिएको विद्याथी मनोजकुमार रोहिताले जानकारी दिए ।
इष्टर्न इन्जिनियरिङका ब्याचलर अफ इन्जिनियरिङको फस्ट टर्म परीक्षाको केन्द्र भदौ २३ गते सुचना जारी गरेर पुसेट क्याम्पसमा राखिएको थियो । २४ गते हुने परीक्षाको केन्द्र २३ गते राती म्यानेजमेन्टमा सारिएको सुचना जारी गरिएको थियो । विद्यार्थीले रातारात परीक्षा केन्द्र सारिनुको कारण कन्ट्रोलर साहसँग बुझ्न मंगलबार त्यहाँ पुगेका थिए । परीक्षा नियन्त्रण कार्यालयले २४ गते हुने परीक्षा प्राविधिक कारण देखाउँदै असोज ११ गतेलाई सारेको छ ।

विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयले मनोमानी गरेको भन्दै मंगलबार पाँच बुँदे माग राखेका छन् प्रशासनको रोहबरमा बसेको छलफलले निष्कर्ष निकाल्न नसकेपछि उनीहरुले पाँच बुँदे माग राखेका हुन् ।
विद्यार्थी रोहिताका अनुसार सुरुमा तोकिएको परीक्षा केन्द्र यथावत् राखिनुपर्ने, हाल सञ्चालन भईरहेको परीक्षाको मर्यदा कायम गरिनुपर्ने, परीक्षा केन्द्र सेमेस्टर अनुसार रोटेशन हुनुपर्ने, डेपुटी कन्ट्रोलरले विद्यार्थीमाथि अभद्र व्यवहार गरेकोले माफी माग्नुपर्ने लगायतका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्