देशभरका साविक उच्च माविका शिक्षक आन्दोलित, कालोपट्टी बाँधेर अध्यापन शुरु

देशभरका साविक उच्च माविका शिक्षक आन्दोलित, कालोपट्टी बाँधेर अध्यापन शुरु

विराटनगर । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन) नेपालले आन्दोलन शुरु गरेको छ।

माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार आज देशभरका शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन् । शिक्षकहरुले विगत ३० वर्षदेखिको समस्या समाधान हुनुपर्ने माग राख्दै आज हातमा कालोपट्टी बाँधेर अध्यापन गरेका हुन् ।

साविक उच्च माविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखी स्थायी दरबन्दीको शिक्षकको व्यावस्था नगरे कै कारण विरोधमा उनीहरुले कालोपट्टी बाँधेर अध्यापन गरेका हुन् ।

उनीहरुले भदौ २६ र २७ गते संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई माग सम्बोधनका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएका थिए।

बन्दै गरेको नयाँ शिक्षा ऐनमा साविक उच्च मावि शिक्षकहरुको माग समावेश गरिनुपर्ने माग राख्दै उनीहरु एकसातादेखी आन्दोलित छन् । त्यसैगरी भदौ ३० गते ( साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने ), सो दिन शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्