विराटनगर ५ मा रहेको रुवी ईन्टरप्राईजेजका संचालकलाई रिहाइको माग

विराटनगर ५ मा रहेको रुवी ईन्टरप्राईजेजका संचालकलाई रिहाइको माग

विराटनगर । विराटनगर ५ स्थित भृकुटी चोकमा रहेको रुबी ईन्टरप्राइजेजले संचालन गरेर विभिन्न प्रकारको स्कीम देखाउदै सर्वसाधारण ठगी हुन सक्ने भन्दै मोरङ प्रहरीले पक्राउ गरेका व्यापारीलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

 


शंकास्पद कारोबार गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा रहेका रुबी इन्टरप्राईजेजका सञ्चालक तामिलनाडुका सारभानाभावानन्दनलाई नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले गत भदौ ७ गते मंगलबार नियन्त्रणमा लिएको थियो ।
स्थानियले जिल्ला प्रहरी कार्यलय मोरग र विराटनगर महानगरपालीकामा पटक पटक गएर चाडो रिहाई गरी आफुहरुको सामान र रकम फिर्ता हुनुपर्ने आवाज पनि उठाउदै आएका छन् । स्थानियले मंगलबार पनि दिउसो रुवी ईन्टरप्राईजजको कार्यालयमा भेला भई आफुहरुको सामान र रकम पाउनको लागी जिल्ला प्रहरी कार्यालयले संचालकलाई चाडो भन्दा चाडो रिहाई हुनुपर्ने माग गरेका छन् ।


यता ५ जनाले संचालक विरुद्ध भदौ ८ गते ३ लाख बढीको ठगी सम्बन्धी उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरगले जिल्ला अदालतबाट म्याद थप गरी अहिले पनि संचालकलाई अनुसन्धानको दायरामा नै राखेको छ । त्यो सगै २ सय ६६ जनाले ३९ लाख बढी रकम ठगिएको भनेर संचालक विरुद्ध लिखित निवेदन दिएका छन् । संचालक विरुद्ध ठगी सम्बन्धी मुद्धा दायर भईसकेका कारण तत्काल अहिले छाड्न नमिल्ने जिल्ला प्रहरी कार्यालय मोरगको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।

यसै सम्बन्धी थप विस्तृत जानकारी भिडियो रिर्पोट पनि छ र्हेन नभुल्नु होला ...।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्