मोरङ ४ बाट ज्ञानेन्द्र पौडेल समानुपातिकमा सिफारिस

मोरङ ४ बाट ज्ञानेन्द्र पौडेल समानुपातिकमा सिफारिस

विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनमा कोईला संघका पुर्व केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पौडेललाई नेपाली काँग्रेसले समानुपातिकबाट नाम सिफारिस गरेको छ ।

मोरङ क्षेत्र नं ४ बाट सिफारिसमा परेका पौडेल नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् । उनले २०४३ सालमा महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा देखि नेपाली काँग्रेसबाट राजनिति सुरु गरेका हुन् ।

उनले जिल्ला समितिको आर्थिक विभागमा बसेर काम गरिसकेका छन् भने कोईला व्यवसायमा आवद्ध छन् । मोरङ क्षेत्र नं ४ को बैठकबाट उनको नाम सिफारिसमा परेको हो । पौडेलले आफुले प्रतिनिधि सभामा जाने अवसर पाए देश विकासका लागि आफ्नो अध्ययन, क्षमता र अनुभवको प्रयोग गरि निति निर्माणमा योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभाका लागि सोहि क्षेत्रबाट नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ महेश आचार्य, दिलिप गच्छदार, अमृत अर्याल , भीम पराजुली, गुरुराज घिमिरे लगायतको नाम सिफारिस गरेको छ ।

यसैगरि समानुपातिक तर्फ भने पौडेलसँगै रामकृष्ण भट्टराई, ईन्दिरा कार्की, दुर्गा कोईराला, सुची चौधरी, कविता सरदार, भोटनी देखवी खवास, मोहनलाल माझी , हरिप्रसाद न्यौपाने, उमावतीदेवी चौधरी, भक्तिनाथ माझी, प्रभावकर थापा, पवनकुमार सारडा, आमोद चौधरी र रामकुमार विश्वकर्माको नाम सिफारिसमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्