कारागार बसेर विराटनगरमा आतंक मच्चाउँदै अभिषेक गिरी

कारागार बसेर विराटनगरमा आतंक मच्चाउँदै अभिषेक गिरी

विराटनगर । विराटनगर कारागार सरुवा भई आएको दश महिनापछि गुन्डानाईके अभिषेक गिरीले अवैध असुली धन्दा सुरु गरेका छन् । २०७८ मंसिरमा सरुवा गरेर ल्याइएका गिरी समूहका एकजनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो तथ्य बाहिर आएको हो ।

मोरङ प्रहरीले चिकित्सकलाई जर्बरजस्ती चन्दा असुलेको आरोपमा विराटनगर–३ का ३३ वर्षीय विजय दाहाललाई मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका उनी अभिषेक गिरीले बजारमा असुली उठाउन प्रयोग गर्ने व्यक्ति भएको खुलेको हो ।
उनै दाहालले तत्कालिन निमित्त जेलर रामप्रसाद पोखरेललाई ब्लाकमेलिङ गरेर फसाउन भिडियो बनाएर सार्वजानिक गरेका थिए । पोखरेलले गिरीलाई मोरङ कारागार सरुवा गरेर ल्याउन स्वीकृत दिन अस्वीकार गर्दै आएका थिए । दाहालले जेलर पोरखेलले गिरी ल्याउन पैसा चाहिन्छ भन्ने आशयको भिडियोमा अडियो मिक्सिङ गरेर फर्जी आतंकमा फसाएका थिए ।

दाहालले विराटनगरका चिकित्सकलाई डरधम्की दिदैं रकम बुझाउन दवाव दिन थालेपछि नेपाल चिकित्सक संघको निवेदनका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । उनले ‘एक्सटर्सन’ दिई चिकित्सकसँग रकम माग्ने गरेको सुचना प्राप्त भएको छ, प्रवक्ता श्रेष्ठले भने–अपराधिक लाभमा तीनदिनको म्याद थप गरि अनुसन्धान सुरु गरेका छौं ।
दशैं नजिकिएसँगै गिरीले चिकित्सकलाई फोन गर्ने र दाहाललाई रकम लिन पठाउने गरेका थिए । बारम्बार धम्की दिदैं रकम माग्ने दाहाल गिरीद्वारा परिचालित व्यक्ति भएको प्रहरीले समेत सुचना पाएको छ । गिरीले यहाँका उद्योगी–वयवसायीलाई समेत धम्की दिएर असुली धन्दा चलाउँदै आएको स्रोत बताउँछ । तर, उद्योगी–व्यवसायीले यस्तो विषय प्रहरीसम्म पुगेर बताउने गरेका छैनन् । गिरीको आतंकले आक्रान्त बनिसकेको विराटनगरमा चिकित्सकमाथि डरधम्की दिन थालेपछि नेपाल चिकित्सक संघकै अगुवाईमा प्रहरीमा निवेदन दिइएको हो । निवेदनमा व्यक्तिको नाम उल्लेख नगरेर उनले प्रयोग गर्ने फोन नम्बर इंगित गरिएको थियो । त्यसैका आधारमा प्रहरीले दाहाललाई पक्राउ गरेको हो ।

गिरीलाई मोरङ कारागार ल्याउन प्रशासनिक धाँधली समेत गराइएको थियो । मोरङका केहि काँग्रेस नेताहरुको पहलमा गृहमन्त्रीको निर्देशनमा कारागार विभागले गिरीलाई डिल्लीबजार कारागारको चारवर्ष बसाईपछि स्थान्तरण गरेको थियो ।
उनलाई विराटनगर कारागार स्थान्तरण गरिएपछि कैदीबन्दी विरोधमा उत्रिएका थिए । २०७८ भदौ १७ गते कारागार विभागले निर्णय गरेको थियो । त्यसको विरोध भएपछि निर्णय स्थगीत गरियो । त्यसपछि कार्तिक १६ गते डिल्लीबजारबाट विराटनगर ल्याइएको थियो । त्यसपछि सप्तरी पठाइएको थियो । १७ दिनको प्रयत्नपछि कारागारमा भित्र्याइएका गिरीले अहिले आतंक मच्चाउन थालेका हुन् ।

कार्तिक १६ मा सप्तरी पठाइएपछि कारागार भित्र बारम्बार हुलदंगा भएको थियो । कार्तिक २४ गते झडप हुँदा चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका थिए । त्यसपछि चौकीदार गुरुङसहित १४ जनाको सरुवा गरिएको थियो । त्यसपछि गिरीको पक्षमा रहेर गुरुङ समूहलाई आक्रमण गर्ने कार्तिक कामत चौकीदार बनाइएका थिए । सरुवा भएर आएपछि गिरी नै चौकीदार छन् ।

कारागार भित्रैबाट गुन्डागर्दी र विराटनगरमा असुली धन्दा चलाएपछि २०७४ चैत २३ गते गिरी डिल्लीबजार स्थान्तरण भएका थिए । त्यसपछि नविन राई चौकीदार भए । उनलाई २०७८ असोज १८ गते झुम्का कारागार स्थान्तरण गरिएको थियो । राईपछि गुरुङ र गुरुङपछि कामत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्