विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् पछि अब सुसंस्कृतम्

विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् पछि अब सुसंस्कृतम्

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा से. इ. बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको भविष्य निर्माणमा पुर्याउनसक्ने सकारात्मक प्रभावकहरुलाई सुन्दर ढंगले देखाएको थियो ।

शिक्षक गिता अग्रवालद्धारा निर्देशित उक्त नाटकमा विद्यार्थीहरु स्मारिका रोइला, पवन बरुवाल, स्वस्तिका आचार्य, अंकित थापा, अनिल कोइराला, रिस्टा, सुजना पोखरेल, प्रतिक ढकाल, बलदिप बुढाथोकी, त्रिकल पोखरेल, सिम्रिका शाह, श्रद्धा क्षेत्री, प्रतिक राई, हिमानी घिमिरे र सुमिला भट्टराईले अभिनय गरेका थिए । नाटक हेर्न विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल लगायतको उपस्थिती थियो । भदौ ३१ गतेसम्म चल्ने नाट्य महोत्सवमा अब भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । दैनिक अपराह्न ५ बजे फरक फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । यसअघि आयोजकले उद्घाटनको दिन साँढे मञ्चन गरेपछि विभिन्न विद्यालयहरुले उद्धारकर्ता विवेक, अँधेरी नगरी, प्रत्यागमन, चोर, भविष्य निर्माण मञ्चन गरिसकेका छन् । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् ।

महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्