विराटनगर–१४ मा बालिका ‘मृत्युको’ घटनाले नयाँ मोड लियो

विराटनगर–१४ मा बालिका ‘मृत्युको’ घटनाले नयाँ मोड लियो

विराटनगर । विराटनगर–१४ मा असार २२ गते १४ वर्षीया बालिका आशिका यादवको ‘आत्माहत्या’ घटनाले नयाँ मोड लिएको छ । मृतक बालिकाको पोष्र्टमार्टम रिपोर्टमा करणी भएको देखिएपछि घटनाले नयाँ मोड लिइएको हो ।

घटनामा संलग्न आरोपित मध्ये विराटनगर–१४ का १८ वर्षीय राहुल महतोलाई भदौ १४ गते इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बाँकी दुईजना अमन महतो र सचिन महतोलाई अहिलेसम्म नियन्त्रणमा लिइएको छैन । उनीहरु घरमै भएपनि प्रहरी पीडकसँग मिलेको आरोप छ ।
कक्षा ८ मा अध्ययनरत बालिका आशिका यादवले असार २२ गते आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरेकी थिइन् । तर, घटनामा अन्य कारणहरु जोडिएपछि पीडित परिवारले प्रहरीमा आत्माहत्या दुरुत्साहन भएको भन्दै किटानी जाहेरी दिएका थिए ।

बालिकालाई तीनजना युवाहरुले मिलेर जर्बरजस्ती नियन्त्रणमा लिई करणी गर्ने र भिडियो बनाउने गरेको विद्यालयमा अन्ययनरत अर्की विद्यार्थीले प्रहरीसँग बताईसकेकी छिन् । घटना भएको स्थानमा मृतक बालिकाले बोक्ने बोतल रहेपनि प्रहरीले त्यसलाई प्रमाणको रुपमा संकलन नगरेको आरोप समेत छ ।

विराटनगर–१४ महतो टोलका युवाहरु रहेका कारण प्रहरी वडाअध्यक्षसँगको ट्यूनिङमा रहेका कारण बाँकी दुईजना पक्राउ नगरेको आरोप छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले भने एकजना पक्राउ परेपछि बाँकी दुईजना फरार रहेको दावी गरेका छन् ।

बालिकाले आत्माहत्या गर्नु केहि अगाडी उनको मोवायलमा मिस गर्ने गरिएको थियो । त्यस क्रममा आमा सरस्वतीदेवी यादवले उनलाई सोध्दा तीनजा केटाहरुले आफूलाई अफ्ठ्यारोमा पारिरहेको बताएकी थिइन् । पीडित सरस्वतीदेवीले प्रहरीमा सामान्य परिवारको पहुँच नपुग्दा अनुसन्धानको प्रक्रियासँगै कानुनी उपचारका बारेमा बुझ्न समस्या भईरहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्