विराटनगरमा चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो क्युएफएक्समा प्रदर्शन हुने

विराटनगरमा चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो क्युएफएक्समा प्रदर्शन हुने

विवेक दाहाल 
विराटनगर । अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो विराटनगरस्थित क्युएफएक्समा प्रदर्शन हुने भएको छ ।

भाद्र ३० गते बिहिबारको दिन साझ ६;३० बजेको शोमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएपनि पर्याप्त शो पाउन सकेको छैन ।

प्रतिष्ठित बुसान फिल्म फेस्टिभलसहित एसिया प्यासिफिक स्क्रिन अवार्ड र स्वीट्जरल्याण्डको फ्रिबर्गमा समेत राम्रो प्रतिक्रिया उक्त फिल्मले पाएको छ ।

नन्-एक्टर कलाकारलाई लिएर निर्माण गरिएको फिल्ममार्फत सुजित बिडारीले निर्देशन  गरेका हुन् । संखुवासभामा छायांकन गरिएको फिल्मको मुख्य कलाकार सबै नन्-एक्टर छन् । उनीहरु स्कुले विद्यार्थी हुन् । नाम चलेकी अभिनेत्री सिरु विष्टबाहेक सबै कलाकार विद्यार्थी हुन् । कञ्जन चिमरिया फिल्मकी मुख्य पात्र हुन् र उमेश श्रेष्ठ, क्षितिज र प्रसन्न पनि कलाकारको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्