आठौँ संविधान दिवस : प्रदेश सरकारले वृक्षारोपणसहित भव्यताका साथ मनाउने

आठौँ संविधान दिवस : प्रदेश सरकारले वृक्षारोपणसहित भव्यताका साथ मनाउने

विराटनगर । आठौँ संविधान दिवस प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ ।

बुधवार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निणर्य भएको हो । जसअनुसार असोज २ गते, प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गरिने र साँझमा दीपावली गरिने भएको छ । यस्तै ३ गते, विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकको बिच भागमा वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिने छ ।

यस्तै सोहीदिन प्रदेशवासी आमनागरिकलाई आ-आफ्नो घर टोल र महत्त्वपूणर् सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न आव्हान गर्ने निणर्य भएको आन्तरिक मामिला तथा कानूनमन्त्रालयका निमित्त सचिव गणेश नायकले जानकारी दिनुभयो । यस्तै ४ गते दीपावली गरेर दिवस मनाइने छ ।
२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ । विभिन्न प्रभात फेरी तथा गोष्ठीमा सीमित हुने दिवसलाई यो वर्ष फरक ढङ्गले वृक्षारोपण गरी मनाइने निणर्य भएको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताउनुभयो । ‘सडकको सौन्दर्यीकरण र हरियाली बनाउनका साथै जलवायु परिवर्तनको सम्भावित जोखिमलाई कम गर्न वृक्षारोपण कार्यक्रमको आयोजना गरिने भएको हो, उहाँले भन्नुभयो ।’

वृक्षारोपण कार्यक्रममा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्रप्रहरी, नेपालप्रहरी, नेपाल स्काउटका प्रतिनिधि तथा हामी स्वयंसेवी अभियानका विद्यार्थीहरूको सहभागिता रहने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्