बाल दिवसको अवसरमा जहदामा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

<span class='c1'>बाल दिवसको अवसरमा जहदामा गाउँपालिका</span> <span class='c2'>स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न</span>

विराटनगर । जहदा गाउँपालिकामा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

जहदा गाउँपालिका वडा २ आयोजनामा र नव बुद्ध युवा क्लब जहदा-२ को समन्वयमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको हो ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधार, प्रतिष्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताका लागि तयार गर्ने उदेश्यले उक्त हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको नव बुद्ध युवा क्लब जहदा-२ का अध्यक्ष अभय मगरले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथी जहदा गाउँपालीकाका अध्यक्ष जितेन्द्र प्रसाद साह रहेका थिए। प्रमुख साह भने गा.पा. भित्र रहेका सम्पुर्ण विद्यार्थीका चौर्तफी विकासका लागि यस्ता प्रतियोगिताको आयोजना गर्न अती आवश्यक रहेको बताए ।

प्रतियोगितामा जहदा गाउँपालिका भरीमा रहेका श्री दुर्गा माध्यमिक विद्यालय जहदा-१, श्री बुद्धेस्वरी माध्यमीक विद्यालय जहदा-१, श्री बौरीया माध्यमिक विद्यालय जहदा-२, जनता माध्यमिक विद्यालय जहदा-२, श्रि दुगी माध्यमिक विद्यालय जहदा-५, श्री जनता माध्यमिक विद्यालय जहदा-६ र श्री महेन्द्र माध्यमिक विद्यालय जहदा-७ गरी जम्म ७ वटा स्कुलका विद्यार्थी सहभागीता रहेको थियो ।

प्रतियोगितामा सहभागी विद्यालयहरु मध्ये श्री दुर्गा माध्यमिक विद्यालय जहदा-१ प्रथम , श्री बौरीया माध्यमिक विद्यालय जहदा-२ द्वितीय र श्री दुगी माध्यमिक विद्यालय जहदा-५ तृतीय स्थान हासिल गरेका थिए ।

प्रतियोगीतामा सहभागी विद्यार्थीका लागि पुरस्कार सहित मेडल र ट्रर्फीको व्यवस्था रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह , बिशिष्ठ अतिथी जहदा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष हन्ना सोरेन, जहदा गाउँपालिकाका वडा नम्बर तिनका वडा अध्यक्ष अनिल कुमार ठाकुर, बिभिन्न वडाका वडा अध्यक्ष, बिभिन्न विद्यालयका विद्यालय प्रतिनिधिहरु लगायत विद्यार्थी र स्थानीयहरुको कार्यक्रमा सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्