विराटनगरमा परिसंघले आयोजना गर्ने व्यापार मेलाबाट विराट व्यापार संघ बाहिरीयो

विराटनगरमा परिसंघले आयोजना गर्ने व्यापार मेलाबाट विराट व्यापार संघ बाहिरीयो

विराटनगर । नेपाल उद्योग परिसंघले आगामी २०७९ माघ १९–२८ गते आयोजना गर्ने भनिएको ट्रेड एक्स्पोबाट विराट व्यापार संघ अलग हुने घोषणा गरेको छ । तीनदिन अगाडी भाद्र २७ गते नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरेको ट्रेड एक्स्पोबाट संघ बाहिरीएको घोषणा गरेको हो ।

परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले सहयोगी संस्थाको रुपमा विराट व्यापार संघ समेत रहेको घोषणा गरेका थिए । तर, विराट व्यापार संघले परिसंघसँग सहयोगी बनेर व्यापार मेलामा साझेदारी गर्न नसक्ने जानकारी गराएको छ । विराट व्यापार संघका अध्यक्ष नरेशकुमार खत्रीले बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै कुनैपनि व्यापार मेलामा सहयोगी बनेर सहभागी नहुने दावी गरेका छन् ।

उद्योग संगठन मोरङले आगामी माघ २३ गतेदेखि फागुन ३ गतेसम्म व्यापार मेला आयोजना गर्ने तयारी गरिरहेको छ । उसको पूर्वघोषित कार्यक्रम तयारी गरिरहेको बेला प्रदेशस्तरको नेपाल उद्योग परिसंघले हतारहतार पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमलाई निस्प्रभावी बनाउने मनसाय राख्दै अर्को व्यापार मेलाको घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्