युट्युबमा भिडिओ हेर्दा अब विज्ञापन स्किप गर्न नमिल्ने

<span class='c1'>युट्युबमा भिडिओ हेर्दा अब</span> <span class='c2'>विज्ञापन स्किप गर्न नमिल्ने</span>

काठमाडौं । यदि तपाई युट्युबको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने भिडिओ सुरू हुनुअगाडि आउने विज्ञापन पक्कै याद गर्नुभएको होला ।

प्रिमियम प्रयोगकर्ता बाहेक अन्य सामान्य प्रयोगकर्ताले भिडिओ हेर्दा आउने विज्ञापनमा एउटा भिडिओ हेरेपछि अर्को भिडिओ स्किप गरेर मुख्य भिडिओ हेर्न सकिन्छ ।

तर अब भने यो फिचर परिवर्तन हुन लागेको छ ।

बाहिरिएको एक जानकारी अनुसार कम्पनीले भिडिओमा आउने विज्ञापनमा नयाँ फिचरको परीक्षण गरिरहेको छ । अब प्रयोगकर्ताले विज्ञापनका पाँच ओटा भिडिओ स्किप गर्न पाउने छैनन् ।

अर्थात् अब युट्युबमा भिडिओ हेर्दा आउने पाँच ओटा विज्ञापनपछि मात्र आफूले चाहेको मुख्य भिडिओ हेर्न सकिनेछ । गुगलले हाल यो फिचरको परीक्षण गरिरहेको छ ।

केही प्रयोगकर्ताले अहिले नै यो फिचर अनुभव गरिरहेका छन् । केही प्रयोगकर्ताले पछिल्ला केही दिनमा पाँच ओटासम्म विज्ञापन भिडिओहरू आइरहेको विषय सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

पहिले जस्तो दुई ओटा भिडिओको ठाउँमा अब यस्तो विज्ञापन भिडिओ पाँचओटा आउनेछ, जसलाई स्किप पनि गर्न सकिने छैन ।

यस्ता विज्ञापन ६ सेकेन्ड लामो हुने बताइएको छ । यसको अर्थ प्रयोगकर्ताले ३० सेकेन्डको विज्ञापन हेर्नुपर्नेछ । यस विषयमा आफ्नो प्रतिक्रिया दिन पनि कम्पनीले प्रयोगकर्तालाई आह्वान गरेको छ । टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्