विराटनगर इन्टरनेसनल कलेजमा दशैँ कार्निभल हुने, चर्चित ब्याण्ड “मन्त्र” को बिशेष प्रस्तुति रहने

विराटनगर इन्टरनेसनल कलेजमा दशैँ कार्निभल हुने, चर्चित ब्याण्ड “मन्त्र” को बिशेष प्रस्तुति रहने

विराटनगर इन्टरनेसनल कलेजमा हरेक बर्ष झैँ यस वर्ष पनि दशैँ विशेष कार्यक्रम आयोजना हुने भएको छ । कलेजमा अशोज ७ गते शुक्रबारका दिन दशैँ कार्निभल आयोजना हुन लागेको हो ।

उक्त कार्निभलमा चर्चित ब्याण्ड "मन्त्र" को बिशेष प्रस्तुति कलेजका बिद्यार्थीहरुको लागि हुनेछ भने कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु पनि राखिने कार्यक्रम रहेको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले जानकारी दिए । साथै कार्यक्रममा लाखे नृत्य,चङ्गा चेट साथै दशैँको मौलिक झझल्को दिने बिभिन्न जानकारीमुलक सामग्री पनि राखिने छ ।

कलेजमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका बिद्यार्थीहरुले उक्त कार्यक्रमको पूर्ण ब्यवस्थापन गर्ने दाहालले बताए । कलेजका बिद्यार्थी प्रभात थापा र रश्मि अटलले कार्यक्रम संयोजन गर्ने छन् ।

सबै उपस्थित बिद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर "इथिनिक डे" मनाउने पनि कलेजको कार्यक्रम रहेको छ । नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा बिद्यार्थीहरुका लागि मनोरंजन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम हुन लागेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए ।

बिराटनगर इन्टरनेशनल कलेजमा बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्