विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई

<span class='c1'>विराटनगर महानगरका प्रमुख प्रशासकीय</span> <span class='c2'>अधिकृत बस्नेतको विदाई</span>

विराटनगर । विराटनगर महानगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको विदाई गरिएको छ ।

महानगरले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर बस्नेतको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बस्नेतलाई टीका, माला र खादा लगाएर उपहार प्रदान गरेका थिए । मेयर कोइरालाले बस्नेतको आगामी जागिरे जीवनको सफलताको शुभकामना दिँदै जहाँ सरुवा भए पनि महानगरलाई सहयोग गर्न आग्रह गरे ।

बस्नेतको प्रदेश-१ को आन्तरिक मामिला तथा योजना मन्त्रालयको सचिवका रुपमा सरुवा भएको छ । सो अवसरमा उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुृख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले शुभकामना दिएका थिए । बस्नेतले महानगरमा १८ महिना बस्दा धेरै काम गर्न सफल भएको सुनाए । उनले पुराना र नयाँ दुवै जनप्रतिनिधिसित काम गर्ने अवसर पाएकोमा खुसीसमेत व्यक्त गरेका थिए ।

महानगरमा सहसचिव विष्णु कोइराला प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्