किराना पसलमा गाँजा बेच्ने एक महिला विराटनगरबाट पक्राउ

किराना पसलमा गाँजा बेच्ने एक महिला विराटनगरबाट पक्राउ

विराटनगर । किराना पसलमा गाँजाको पोका बनाएर बिक्री गर्दै आएको अवस्थामा शुक्रबार दिउँसो विराटनगरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा विराटनगर महानगरपालिका ५ स्थित विशाल चोकबाट ४५ वर्षीइा दुर्गाकुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले आफुले संचालन गर्दै आएको किराना पसलमा गाँजा ल्याएर गाँजाको पोका बनाई बेच्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विराटनगर (क) र सादा पोसाकमा खटिएको प्रहरीले साहलाई दिउँसो नियन्त्रणमा लिएको हो ।

साहले गाँजाको सानो र ठुलो पोका बनाई बेच्दै गरेको अन्दाजी डेढ केजी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिइएको छ । गाँजासहित पक्राउ परेकी साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्