साफ महिला च्याम्पियनिशप: भारतसँगकाे खेलमा नेपाललाई पहिलाे हाफमा १ गाेलकाे अग्रता

साफ महिला च्याम्पियनिशप: भारतसँगकाे खेलमा नेपाललाई पहिलाे हाफमा १ गाेलकाे अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दाेस्राे सेमिफाइनल खेलमा नेपालले भारतसँगकाे खेलमा पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे छ ।

नेपालले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकाे हाे । नेपालका लागि रश्मीकुमारी घिसिङले गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

यसअघि आजै भएकाे पहिलाे सेमिफाइनल खेलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे छ ।

अब नेपाल–भारतबीचकाे खेलकाे विजेताले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्