हात्तीको न्वारान गर्ने परम्मरा

<span class='c1'>हात्तीको न्वारान</span> <span class='c2'>गर्ने परम्मरा</span>

काठमाडौं । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ ।

सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ।

चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ । हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ ।

मुलुकमा गणतन्त्र स्थापना हुनुपूर्वसम्म दरबारले नै हात्तीको नामकरण गर्ने गरेकोमा अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्