विकाससँगै वन–जङ्गल जोगाउन आवश्यक छ : मन्त्री यादव

<span class='c1'>विकाससँगै वन–जङ्गल जोगाउन आवश्यक</span> <span class='c2'>छ : मन्त्री यादव</span>

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकाससँगसँगै वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभएको छ । आज ॐ हरहर आदि शक्ति परिवारको प्रथम वार्षिकोत्सवमा उहाँले आफू बाँच्नका लागि भए पनि रुख रोप्नुपर्ने तथा वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वन–जङ्गल विनास हुँदा विभिन्न प्राकृतिक घटना बढ्दै जाने र विपत्ति आउने भएकाले अब सबै नागरिकले वन–जङ्गल जोगाउनतर्फ लाग्नुपर्छ, विकास पनि गर्नुपर्छ, वन–जङ्गल पनि जोगाउनुपर्छ ।” मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कर्मचारीसहित आम नेपाली दाजुभाइ, दिदीबहिनीका कारण नेपालको वन–जङ्गल जोगिँदै गएको बताउनुभयो ।

सम्पूर्ण सङ्घसंस्था तथा नागरिकले वन–जङ्गल जोगाएका कारण अहिले नेपालमा करिब ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र बढेको समेत मन्त्री यादवले जानकारी दिनुभयो । वन–जङ्गल, मठमन्दिर, धार्मिक क्षेत्र, कला संस्कृति जोगाउनका लागि ॐ हरहर आदि शक्ति परिवारको उल्लेख्य भूमिका रहेको भन्दै मन्त्री यादवले उक्त संस्थालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो । मन्त्री यादवले पछिल्लो समय नेपालसहित विभिन्न मुलुकमा जलवायु परिवर्तनका कारण विभिन्न घटना बढ्दै गएकाले जलवायुका क्षेत्रमा सबै क्षेत्र तह तप्काबाट लाग्नुपर्ने बताउनुभयो ।

वातावरण नजोगिएको खण्डमा नागरिकलाई असहज हुनुका साथै दुःखद घटना घट्ने देखिएकाले हामीले कसरी वातावरण तथा वन जङ्गल जोगाउन लाग्ने सो विषयमा आम नागरिकलाई गम्भीर भएर लाग्नसमेत मन्त्री यादवले आग्रह गर्नुभयो । वातावरणमा असर पर्ने गरी आफूले कुनै पनि क्षेत्रमा रुख काट्नका लागि अनुमति नदिने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो ।

जङ्गली जनावर जङ्लगमा र आम नागरिक बस्तीमा बस्ने वातावरण मिलाउनका लागि वन तथा वातावरण मन्त्रालयले यहाँका राष्ट्रिय निकुञ्जमा विभिन्न उपकरण जडान गर्न लागेको हुँदा ती उपकरण निकट भविष्यमै जडान गर्ने तयारी भइरहेको समेत उहाँले जानकारी गराउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्