नुहाउने क्रममा बेपत्ता भएका शिक्षककाे २२ घण्टापछि उद्धार

<span class='c1'>नुहाउने क्रममा बेपत्ता भएका</span> <span class='c2'>शिक्षककाे २२ घण्टापछि उद्धार</span>

सिन्धुपाल्चाेक। नुहाउन जाने क्रममा लडेर हेलम्बु–१ छ्यादी खोलाले बगाएका शिक्षकको उद्धार गरिएको छ ।

दोलखा कालीञ्चोक–३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आज २२ घण्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

उहाँलाई छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुङ्गाको कापबाट उद्धार गरिएको हो । हेलम्बु गाउँपालिकाको सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी हिजो नुहाउन जाँदा खोलामा लडेर बेपत्ता हुनुभएको थियो ।

आज बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले उहाँलाई हेलम्बु– १ ठाडो खोला भिरमा अड्केको अवस्थामा उद्धार गरेको हो उहाँलाई उपचारका लागि काठमाडौँको केएमसी अस्पताल लगिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । खुट्टामा सामान्य चोटपटक लागेको उहाँको अवस्था सामान्य रहेको शेर्पाले जानकारी दिनुभयो ।

उहाँको उद्धारमा सेना, प्रहरी, स्थानीय लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्