प्रदेश नम्बर १ मा आत्महत्या विरुद्ध प्रहरीको विशेष अभियान सुरु (फोटो फिचर )

प्रदेश नम्बर १ मा आत्महत्या विरुद्ध प्रहरीको विशेष अभियान सुरु (फोटो फिचर )

प्रेम देवान
विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं। प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा आइतबारदेखि आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु भएको हो ।


अभियान अन्तर्गत आईतबार बिहान विराटनगरको रोडशेषचोकबाट वृहत् ¥याली निकालिएको थियो । वृहत ¥यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरी, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछाने लगायतका सुरक्षा निकायका प्रमुख, जनप्रतिनीधी तथा विभिन्न सामाजिक संघसंस्थाहरूको पदाधिकारी , सहभागिता रहेको छ ।


आफूलाई माया गरौँ, अमूल्य जीवन खेर नफालौँ, साहसी हुनुहोस्, बाँचुनहोस र आफ्नो समस्या समाधान गर्नुहोस्, आत्महत्या गर्नु पाप हो लगायतका प्ले कार्ड बोकेर ¥यालीमा सहभागी भएका थिए । रोडशेषबाट निकालिएको वृहत ¥यालीले भुमिप्रशासन रोड हुदै ट्राफिक चौक मेन रोडबाट जैन भवनमा पुगेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।


आत्महत्या विरुद्धको अभियानको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथी प्रदेश नम्बर १ का मुख्यमन्धी राजेन्द्र प्रसाद राई त्यसैगरी विशिष्ट अतिथी आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्वो , सामाजिक विकास मन्त्री राजन राई , स्वास्थ्य मन्त्री जयराम यादव , मुख्य न्यायधिवक्ता भोजराज श्रेष्ठ , आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत , मोरङ प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायतले आत्महत्या न्युनिकरण गर्नको लागी आजदेखी शुभारम्भ भएको अभियानलाई सबै पक्षले आत्मासाथ गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

प्रदेशमा आत्महत्याको अवस्था विकराल एवं भयावह बन्दै गएकोले आत्महत्यालाई निरुत्साहित बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर अगाडी बढ्नु पर्नेमा सहभागीहरुले जोड दिए ।


आर्थिकबर्ष २०७८÷७९ मा प्रदेश नम्बर एकमा १४ सय ८९ जनाको आत्माहत्याबाट मृत्यु भएको तत्याङक छ । जस मध्ये पुरुष ९२२ महिला ४४३ बालक ६२ बालिका ६२ र सबैभन्दा बढी झापा जिल्लामा आत्महत्याबाट मृत्युहुने संख्या रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले गरेको अनुन्धानको तथ्याङकबाट सबैभन्दा बढी शनिबारका दिन मानिसले आत्महत्या गर्ने गरेको खुलेको छ ।


प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले प्रदेश सरकारको सहयोगमा समुदायलाई लक्षित गरेर आत्महत्याविरुद्धको अभियान सुरु भएको बताउनुभएको छ । कार्यक्रममा समुदाय–प्रहरी साझेदारी लगायत प्रहरीका अन्य काम कारबाही र गतिविधिलाई पनि अभियानसँग जोडेर आत्महत्याविरुद्धका कार्यक्रमहरूलाई तीव्र रूपमा सञ्चालन गरिने डिआइजी गिरीको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्