विराटनगरको जुटमिलमा जारी मिल्स भेट्रान्स गोल्डकपमा दमक भेट्रान्स सेमिफाइनलमा प्रवेश

विराटनगरको जुटमिलमा जारी  मिल्स भेट्रान्स गोल्डकपमा दमक भेट्रान्स सेमिफाइनलमा प्रवेश

विराटनगर ।  विराटनगरको जुटमिलमा जारी  जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपमा  दमक भेट्रान्स    सेमिफाइनलमा पुगेको छ ।  विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो ।

दमकलाई जित दिलाउन सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । यस्तै चन्द्र कुमार गिरी र विशाल राईले समान १÷१ गोल गरेका थिए । दमकले सातौं मिनेटमा सुवासको गोलबाट शुरुआती अग्रता लिएको थियो । खेलको आठौ र २३ औं मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० को बनाएका थिए । २३ औं मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेण्ड भएपछि दमकलले पेनाल्टी पाएको थियो । पेनाल्टीमा सुवालले गोल गर्दा दमकको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औं मिनेटमा चन्द्र कुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो ।

पूरा समय धरानमाथि हाबी भएको दमकले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ४८ औं मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए । धरानको तर्फबाट रवि कुमार राईले ४२ औं र लक्ष्मी याख्खाले ६४ औं मिनेटमा १÷१ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्