विराटनगर । मंसिर ४ गते हुने आसन्न निर्वाचनमा प्रतिनिधीसभा सदस्य पदको लागी विराटनगर ३ का ३१ बर्षिय महेश नेपालले उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
नेपालले कुनै पनि पाटीसँग आवद्ध नरही स्वतन्त्र रुपमा मोरङको क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्यको लागी उम्मेद्धवारी दिने भएका हुन् । मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा एमालेबाट विनोद ढकाल र गठबन्धनको तर्फबाट महेश आचार्य वा अमनलाल मोदी दुई जना मध्ये एक जनालाई उठाउदै छ ।
राजनितीक पाटीबाट टाढा रहेका नेपालले विनोद ढकाल र गठबन्धनलाई टक्कर दिनेभएका छन् । अग्रेजी माध्यमबाट शिक्षा विषयमा स्नातकोत्तर गरिसेकेका नेपालले विषयगरी शिक्षा क्षेत्रमा केन्द्रित रहेर आफ्ना मुद्धा लिएर अगाडी बढ्ने बताएकाछन् । विगत ७ बर्ष लामो समयदेखी विभिन्न शैक्षिक संघ सस्थाहरुमा अध्यायपन गराउदै आएका नेपालले क्षेत्र नम्बर ४ का निजि तथा सामुदायिक विद्यालयहरुमा रिर्सज गरिसकेका छन् । उनले त्यस भेगमा शिक्षा सुधारका धेरै कामहरु गरिसकेको छन् ।
मुलुकलाई उमेर ढल्के नेताहरु डुवाईसेकेका कारण अब युवा पुस्ता आउनुपर्छ भन्ने नेपालको अठोट छ । उनको मुख्य मुद्धाहरु भनेको दलिय अराजकता र सिन्डीकेट विरुद्ध उभिने , हाल भईरहेको शैक्षिक अस्त व्यस्तता विरुद्ध सशक्त आवाज उठाउने , युवालाई स्वच्छ राजनितीमा अभिपे्ररित गर्ने, प्रत्यक्ष कार्यकारी व्यावस्था स्थपना गर्नको लागी जोडदार आवाज उठाउने र परम्परागत राजनितिक विवेक वर्तमानमा पुष्टि हुन नसकेको हुँदा सो को विकल्प खोज्दै आगामी मसिर ४ गतेका लागी आफुले प्रतिनिधी सभा सदस्यको लागी उम्मेद्धवारी दिएको नेपालले बताए ।
‘अहिले समयमा शैक्षिक क्षेत्रलाई सेवाको रुपमा नलिएर व्यापारको रुपमा शिक्षालाई व्यावसाय बनाएका छन्’, ‘यसको अत्य गर्नको लागी मेरो पहिलो प्राथमिता रहनेछ । म एक शैक्षिक अभियानकर्मी भएका कारण पनि पहिलो कुरा मेरो शैक्षिक सुधारका कामहरु हुनेछन् । ‘क्षेत्र नम्बर ४ मा शिक्षाको क्षेत्रमा मेरो अभियानलाई मैले जिते पनि नजिते पनि निरन्तर रहिरहनेछ ।
क्षेत्र नम्बर ४ मा अब पार्टीलाई हैन स्वतन्त्र उम्मेद्धवारीलाई जिताउनुपर्ने आवश्यक रहेका कारण यो भेगका जनताले मलाई सहयोग गर्नुहुन्छ भन्ने आशा लिएको छु ।’