विराटनगर महानगरका मेयर कोइराला मलेसिया प्रस्थान

<span class='c1'>विराटनगर महानगरका मेयर</span> <span class='c2'>कोइराला मलेसिया प्रस्थान</span>

विराटनगर । सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् ।

तीन दिने सिटीनेटको नेशनल कांग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् ।

विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । सिटीनेटमा एसिया प्यासिफिक राष्ट्रहरूको प्रमुख सहरका महानगर र नगरपालिका सदस्य रहेका छन् ।
नेशनल कांग्रेसअन्तर्गत सिटीनेटको कार्यकारिणी समितिको निर्वाचनसमेत हुनेछ । सिटीनेटमा विभिन्न मुलुकका सहरका मेयरहरूको सहभागिता हुने भएकाले भ्रमण उपलब्धिमूलक हुने मेयर कोइरालाले प्रतिक्रिया दिए ।

“मेयरहरुको सञ्जाल सिटीनेटमा विराटनगर महानगर सदस्य भएकाले सम्मेलनमा सहभागी हुँदा उपलब्धिमूलक नै हुनेछ,” मेयर कोइरालाले भने, “त्यहाँ रहँदा विभिन्न देशबाट आउने मेयरहरूसित स्थानीय तह सञ्चालनका अनुभव आदानप्रदानसमेत हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्