विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेनज मेला हुने

<span class='c1'>विराटनगरमा टिभिएसको ग्राण्ड</span> <span class='c2'>एक्सेनज मेला हुने</span>

विराटनगर । विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेनज मेला आयोजना हुने भएको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमले मेला आयोजना गर्न लागेको हो ।

असोज ४ गतेबाट सुरु हुने मेला असोज १० गतेसम्म संचालन हुने छ । मेला मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी संचालन हुनेछ । मेलामा टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरको ग्राण्ड एक्सेन्ज गर्न सकिने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए ।

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने शाहले बताए । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने शाहकाे भनाइ छ ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने उनले जानकारी दिए । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने शाहले बताए ।

यस्तै चाडपर्व लक्षित विभिन्न योजना समेत रहेको शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्