समानुपातिकतर्फको बन्द सूची बुझाउँदै कांग्रेस

<span class='c1'>समानुपातिकतर्फको बन्द सूची</span> <span class='c2'>बुझाउँदै कांग्रेस</span>

काठमाडौं । नेपाली कांग्रेसको टोली समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन अहिले निर्वाचन आयोग पुगेको छ ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुग्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । साथै बन्द सूचीकै बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको पार्टी कार्यालयले जनाएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्