निर्वाचन अपडेट : आठ दलद्वारा प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता

<span class='c1'>निर्वाचन अपडेट : आठ दलद्वारा</span> <span class='c2'>प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता</span>

काठमाडौं । विभिन्न आठ राजनीतिक दलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् ।

आयोगले अपराह्न ४ः३० बजे उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् ।

प्रदेश १ मा तीन, मधेसमा दुई, बागमतीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा तीन पार्टीले सूची गर्दा गराएका छन् ।

आयोगका अनुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, किराँत खुम्बुवान साझा पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल र ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्