सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री

<span class='c1'>सार्वजनिक शिक्षा सुधारमा सामूहिक</span> <span class='c2'>प्रयत्न आवश्यक : शिक्षामन्त्री</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय परीक्षाबोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताउनुभयो ।

“पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन”, उहाँले भन्नुभयो, “प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।” बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उहाँको भनाइ रहेको छ ।

विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञको सुझावआवश्यक रहेको औँल्याउनुभयो ।

विश्वविद्यालयका आङ्गीक क्याम्पस शिक्षा विषयमा रुचि नभएकाले भर्ना हुनेको सङ्ख्यामा कमी आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताउनुभयो । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गर्नुभयो । “विद्यार्थीले परीक्षा दिएको वर्षदिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? प्रश्न गर्दै उहाँले भन्नुभयो, अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौँ सबै समयमा हुन्छ ।” रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्