साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जित्यो

<span class='c1'>साफ महिला च्याम्पियनशिपको</span> <span class='c2'>उपाधि बङ्गलादेशले जित्यो</span>

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोल ले पछाडि परेको थियो भने खेलको दोस्रो हाफमा बङ्लादेश र नेपालले एक÷एक गोल गरे । बङ्लादेशका लागि सामसुनाहरले खेलको १३औँ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१औँ मिनेटमा गोल गरिन् ।

तेस्तै खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । खेलको ७६औँ मिनेटमा बङ्लादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्लादेशलाई ३–१ को जीत दिलाइन् । यस हारसँगै नेपाल प्रतियोगितामा दोस्रो भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्