नेपाली राष्ट्रिय महिला फुटबल टाेलीका प्रशिक्षक थापाले दिए राजीनामा

नेपाली राष्ट्रिय महिला फुटबल टाेलीका प्रशिक्षक थापाले दिए राजीनामा

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएकाे घोषणा गरेका छन् ।

साेमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले राजीनामा दिएकाे घोषणा गरेका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भने, ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गर्न सकिनँ । अहिले नै पद त्यागको घोषणा गर्छु ।’

थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षककाे जिम्मेवारी पाएका थिए । यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टाेली सेमिफाइनलमा राेकिएकाे थियाे । त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेकाे थियाे ।

यस पटक भारतलाई सेमिफाइनलमा हराए पनि नेपाल फाइनलमा बङ्गलादेशसँग ३-१ ले पराजित बन्न पुग्याे ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्