काठमाडौंको गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

काठमाडौंको गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई आज साँझ बन्दुकधारी समूहले गोली हानेको थियो ।

टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो ।

गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्