विराटनगरमा ४ दिने समाचार–फिचर लेख्न तालीम सुरु

विराटनगरमा ४ दिने समाचार–फिचर लेख्न तालीम सुरु

विराटनगर । आधारभुत पत्रकारीता गरिसकेका मोरङका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार – फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरग शाखाको सहकार्यमा विराटनगरमा ४ दिने एडभान्स फिचर लेखन सम्बन्धी तालिम सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभा हलमा मंगलबारबाट आयोजित ४ दिने तालिममा पुर्वी मोरङ र विराटनगरका गरी ३० जना सञ्चारकर्मी तालिममा सहभागी भएको पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष संजिव खनालले जानकारी दिए ।

४ दिने समाचार – फिचर लेख्नसम्बन्धी तालिमलाई वरिष्ठ सञ्चारकर्मी तथा नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष डाक्टर सुरेश आचार्य र पत्रकार महासंघका कार्यक्रम सयोजक राम दाहालले असोज ४–७ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

महासंघले यस अघि आधारभुत तालिम दिई सकेका प्रशिक्षार्थी पत्रकारलाई तालिम प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्